लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले पाैष १७ गते, साेमबारबाट बिक्री खुल्ला गरेकाे ४ वटा कम्पनीकाे लिलामी शेयरमा आवेदन दिने आज (माघ ५ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ८९ हजार ६ सय ६४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २८ हजार ७ सय ९० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २ हजार ८ सय ६६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
कुनकाे मूल्य कति ?
१. नागरिक लगानी कोष = १५३०
२. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ३५०
३. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ४३३
४. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ५०८
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।