लगानी खबर, काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (माघ ४ गते, आइतबार) संस्थाकाे रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ ।
सभामा संस्थाको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरू पारित भएको छ ।
यसका साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था बीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरी, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरू सर्वसम्मत रूपमा साधारण सभाले पारित गरेको छ ।
त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २ (दुई) जना सञ्चालकहरू शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई सञ्चालक पदमा नियुक्त भएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।