Like us!
Follow us!

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, मर्जरमा जाने प्रस्ताव पारित हुँदै

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, मर्जरमा जाने प्रस्ताव पारित हुँदै

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज (माघ ४ गते, आइतबार) हुँदैछ ।

संस्थाको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा होटल र्याडिसनको सभा कक्ष, भेरी ४, जाजरकोटमा बिहान ९ बजेबाट सुरू हुनेछ । 

सभामा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत हुने प्रतिवेदन छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, सभामा स्वाप रेसियो पारित गर्ने, डिडिए रिपोर्ट पारित गर्ने, मर्जर सम्बन्धी आवश्यक कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरूमा छलफल हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।