लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे हकप्रदमा मूल्य समायाेजन भएकाे छ ।
बैंककाे १०० प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता ४६५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ८२९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले माघ १३ गते, मंगलबारदेखि १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडाैँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
त्यस्तै, बैंककाे हकप्रदलाई इक्रा नेपालले 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।