Like us!
Follow us!

२ वटा वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

२ वटा वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

लगानी खबर, काठमाडौं – आज (पुस २८ गते, मंगलबार) विभिन्न १० वटा कम्पनीकाे साधारण सभा हुँदैछ । 

मंगलबार साधारण सभा हुन लागेका कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. लक्ष्मी बैंक लिमिटेड​

लक्ष्मी बैंक लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २०औं वार्षिक साधारण सभा बैंककाे प्रधान कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११:३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. नेपाल एसबिआई बैंक लिमिटेड

नेपाल एसबिआई बैंक लिमिटेडकाे मंसिर १८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २७औं वार्षिक साधारण सभा आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३.  बुटवल पावर कम्पनी लिमिटेड

 बुटवल पावर कम्पनी लिमिटेडकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २८औं वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीको पाैष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आठौँ वार्षिक साधारण सभा होटल वाटर टावर, नुवाकोट, बट्टारमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १६.९३९९ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १७.८३१५ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस १७ गतेदेखि २८ गतेसम्म  बुकक्लाेज गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवौं वार्षिक साधारण सभा बनेपा नगरपालिका-१३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टीप्यालेसको सभाहलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा  संस्थाकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १९औं वार्षिक साधारण सभा संस्थाकाे रजिष्टर्ड कार्यालय, सुबिधानगर, तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाकाे मंसिर २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई  २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १६ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. एनएमबि क्यापिटल लिमिटेड

एनएमबि क्यापिटल लिमिटेडकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा कम्पनीको सभाकक्ष, नागपाेखरी, काठमाडौंमा दिउँसाे ३ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम आर्थिक वर्ष २०७६/७७ सम्मकाे सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई २१.०५२६३१६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृती प्रदान गरिनेछ । 

८. ङादी ग्रुप पावर कम्पनी लिमिटेड

ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे पुस ६ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते एकदिन  बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडकाे  पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १९ औं वार्षिक साधारण सभा गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा फाइनान्सकाे मंसिर २४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस २१ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१०. आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडकाे पौष ५ गते बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार पाँचौ वार्षिक साधारण सभा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड. केन्द्रिय कार्यालय, सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको ५% (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।