लगानी खबर, काठमाडौँ - नेपाली शेयर बजारले आज नयाँ इतिहास कायम गरेकाे छ । साताको पहिलाे दिन आज (आइतबार) नेप्से परिसूचकले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ । यसअघि गत बिहीबार मात्र नेप्से बन्द हुँदाको अलटाइम हाइ २०८७.२७ विन्दु रहेकाेमा नेप्सेले आइतबार यस विन्दुलाई ताेडेर २१७५.३९ विन्दुमा पुगेकाे छ । यो हालसम्मकै उच्च विन्दु हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा पुगेकाे छ । नेप्से ४.२२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १७.१८ अंकले बढेर ४१५.८८ मा पुगेको छ ।
कूल २१२ वटा कम्पनीकाे एक कराेड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबैवटा उपसमूहको शेयर हरियाली भएकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।