Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सको लिलामी शेयर खुल्यो, प्रतिकित्ता मूल्य कति ?

मल्टीपर्पस फाइनान्सको लिलामी शेयर खुल्यो, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । कम्पनीले १७ लाख ५९ हजार ६ सय २१ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य एक सय रूपैयाँ बिक्री खुल्ला गरेकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आज (पुस १७ गते, शुक्रबार) बाट माघ २ गतेसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौं, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, राजविराज सप्तरी तथा सिभिल बैंक लिमिटेडकाे बिराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट र घोराही शाखाबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।