Like us!
Follow us!

इसेवा मनि ट्रान्सफर र अलफर्दान एक्सचेन्जबीच सम्झौता

इसेवा मनि ट्रान्सफर र अलफर्दान एक्सचेन्जबीच सम्झौता

लगानी खबर, काठमाडौं – इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच (Alfardan Exchange) रेमिट्यान्स् कारोबार सम्झौता भएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुख कार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका हुन् । 

यो सेवा सुरू भएसँगै यूएईमा रहेका नेपालीहरूले “अलफर्दान एक्सचेन्ज” का ६५ वटा शाखाहरूबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरून्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।