लगानी खबर, काठमाडौँ - आज (सोमबार) शेयर बजार सामान्य अंकले बढेकाे छ ।
साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.५७ अंकले बढेर २००७.२९ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३८२.५७ मा पुगेको छ । कूल २१४ वटा कम्पनीकाे ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, साेमबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी काेष, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनसीसी बैंक, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड सर्वाधिक काराेबार भएका कम्पनीहरू हुन् ।
बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।