Like us!
Follow us!

नेपाल फाइनान्सले नबिकेको हकप्रद लिलामीमा ल्याउँदै, कहाँबाट दिने आवेदन ?

नेपाल फाइनान्सले नबिकेको हकप्रद लिलामीमा ल्याउँदै, कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गते शुक्रबारबाट ५ लाख १५ हजार २ सय ४८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

फाइनान्सले मंसिर ४ गते, बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार एक सय ६९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले पुस १७ गते शुक्रबारबाट पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम संस्थापकमा एक हजार कित्ता र सर्वसाधारणमा एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले  प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौँ, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडाैँ तथा प्रभु बैंक लिमिटेडका विराटनगर, विरगंज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe55b4286e3a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।