Like us!
Follow us!

बोनस पारितको प्रस्ताव सहित कृषि विकास बैंकले साधारणसभा आह्वान

बोनस पारितको प्रस्ताव सहित कृषि विकास बैंकले साधारणसभा आह्वान

लगानीखबर, काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पौष ६ गते सोमबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार  बैंकको चौधौं वार्षिक साधारणसभा पौष २९ गते बुधबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुनेछ ।

बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले साधारणसभा तथा बोनस सेयर तथा नगद लाभांश जारी गर्ने प्रयोजनको लागि पौष १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले पौष १४ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने कम्पनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

5fe1b69f8dfc3.jpg 5fe1b6a35e405.jpg 5fe1b6a627268.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।