Like us!
Follow us!

आइतबार नेपाल पुनर्बीमासहित यी १३ कम्पनीका लगानीकर्ताले ९% भन्दा बढीले गुमाए

आइतबार नेपाल पुनर्बीमासहित यी १३ कम्पनीका लगानीकर्ताले ९% भन्दा बढीले गुमाए

लगानी खबर, काठमाडौँ -  संसद विघटनकाे प्रस्तावले गर्दा आज (आइतबार) शेयर बजारमा नकारात्मक असर देखिएकाे छ ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ९६.८८ अंकले घटेर १९३५.६३ मा पुगेकाे छ । नेप्से ४.७७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १६.३९ अंकले घटेर ३६९.५५ मा पुगेको छ । कूल १९८ वटा कम्पनीकाे एक कराेड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५ सय ४७ रुपैयाँको कारोबार भएकाे छ । आइतबार सबै उपसमूह राताम्मै भएका छन् ।

यस दिन सुर्याेदय लघुवित्त वित्तिय संस्था लिमिटेड, नेरूडे लघुवित्त वित्तिय संस्था लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड, छ्याङ्दी हाइड्राेपावर प्राइभेट लिमिटेड, अपर तामाकाेशी हाइड्राेपावर लिमिटेड, फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, पञ्चकन्या माइ  हाइड्राेपावर लिमिटेड, स्वाेराेजगार लघुवित्त वित्तिय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले आफ्नो आम्दानी ९ प्रतिशतभन्दा धेरैले गुमाएका हुन् ।

 

5fdf2033c3939.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।