Like us!
Follow us!

बरुण हाइड्रोले यसरी दियो नेप्सेलाई स्पष्टिकरण : कारोबार फुकुवा

बरुण हाइड्रोले यसरी दियो नेप्सेलाई स्पष्टिकरण : कारोबार फुकुवा

लगानी खबर, काठमाडौँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई  स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले कम्पनीकाे काराेबार पनि फुकुवा गरेकाे छ ।

कम्पनीले नेप्सेलाई कानूनी रुपमा थाहा नभएको र अब त्यस्ता प्रकारकाे कमी कमजोरी नगर्ने भनी स्पष्टिकरण पठाएकाे छ ।

यसअघि नेप्सेले लाभांश घोषणा गरिएको सूचना सोहिदिन वा अघिल्लो दिन कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनुपर्नेमा कम्पनीले ढिलो जानकारी गराएको बताउँदै यस विषयमा के भएको हो र कम्पनीको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे थियाे ।

कम्पनीको मंसिर २८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdb3e9ccf047.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।