लगानी खबर, काठमाडौँ - लिखु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।
कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरकाे ६२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्रीका लागि नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई आइपिओ जारी गर्नेछ ।
उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र लिखु खोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।