Like us!
Follow us!

इसेवाको उपहारमा मनोजले पाए टिभिएसको मोटरसाइकल

इसेवाको उपहारमा मनोजले पाए टिभिएसको मोटरसाइकल

लगानी खबर, काठमाडौँ - नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका विजेता घोषणा गरिएको छ ।

उपहार योजना अन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्वजनिक गरिएको हो । 

बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रूपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरूको विवरण ब्लग डट इसेवा डटकम डट एनपी (blog.esewa.com.np) र इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ । 

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।