Like us!
Follow us!

रिडी हाइड्रोपावरको ५% बोनस शेयर शुक्रबार पारित हुँदै

रिडी हाइड्रोपावरको ५% बोनस शेयर शुक्रबार पारित हुँदै

लगानी खबर, काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १९औं वार्षिक साधारण सभा भाेलि (मंसिर २६ गते, शुक्रबार) हुँदैछ ।

कम्पनीकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीकाे शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १५ गते, साेमबार बुक क्लोज गरेकाे थियाे। त्यसैले, मंसिर १४ गते, आइतबारसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।