Like us!
Follow us!

१५ वटा कम्पनीको साधारण सभा सम्पन्न, कुनले कति गरे लाभांश पारित ?

१५ वटा कम्पनीको साधारण सभा सम्पन्न, कुनले कति  गरे लाभांश पारित ?

लगानी खबर, काठमाडौँ -  विभिन्न १५ वटा कम्पनीले आर्थिक वर्ष २०६७/७७ काे वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । छुट्टा-छुट्टै मितिमा भएकाे साधारण सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसारकाे लाभांश पारित गरिएकाे छ । 

 आर्थिक वर्ष २०६७/७७ काे वार्षिक साधारण सभा सम्पन्न गरेका कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. शिवम सिमेन्ट लिमिटेड :

शिवम सिमेन्ट लिमिटेडकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक २४ गते, साेमबार कम्पनीकाे कर्पाेरेट कार्यालय, अनामनगरकाे सभाहल, काठमाडाैँमा सम्पन्न भएकाे छ । सभाले कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

२. सानिमा बैंक लिमिटेड :

सानिमा बैंक लिमिटेडकाे १६औंं वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

३. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौँमा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बाेनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

४. माछापुच्छ्रे क्यापिटल लिमिटेड :

माछापुच्छ्रे क्यापिटल लिमिटेडकाे पहिलाे वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, एमबिएल टावर, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएकाे छ । सभामा ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

५. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड :

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १४औं वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीकाे  रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा सम्पन्न भएकाे छ । सभाले आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ । 

६. बिओके क्यापिटल लिमिटेड :

बिओके क्यापिटल लिमिटेडकाे पाँचाै वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएकाे छ । सभामा चुक्ता पुँजीको ४.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

७. नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड :

नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडकाे दाेश्राे वार्षिक साधारण सभा मंसिर ७ गते, आइतबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएकाे छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीकाे २ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

८. अपि पावर कम्पनी लिमिटेड :

अपि पावर कम्पनी लिमिटेडकाे सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभा मंसिर ८ गते, साेमबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम शेयरधनीलाई आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले बाेनस शेयर र आर्थिक वर्ष  २०७६/ ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनस शेयर तथा कर प्रयाेजनका लागि ०.४७ प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

९. बैंक अफ काठमाण्डू लिमिटेड :

बैंक अफ काठमाण्डू लिमिटेडकाे २६औं वार्षिक साधारण सभा मंसिर १५ गते, साेमबार सम्पन्न भएकाे छ । साधारण सभाले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

१०.  युनिलिभर नेपाल लिमिटेड :

 युनिलिभर नेपाल लिमिटेडकाे वार्षिक साधारण सभा मंसिर १६ गते, मंगलबार कम्पनीको कर्पोरेट कार्यालयमा सम्पन्न भएकाे छ । सभामा कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

११. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड :

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे  ११ औँ वार्षिक साधारण सभा मंसिर १८ गते, बिहीबार आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा सम्पन्न भएकाे छ । सभामा संस्थाकाे भाद्र १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

१२. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड :

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार बैंककाे रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडाैँमा सम्पन्न भएकाे छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिएकाे छ ।

१३. एनआईसी एशिया बैंक लिमिटेड :

एनआईसी एशिया बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते, आइतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस शेयर (१ अर्ब ८४ करोड ६३ लाख रूपैयाँ बराबर) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश ( ९ करोड ७२ लाख रूपैयाँ बराबर) समेत वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

१४. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड :

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २२औँ वार्षिक साधारण सभा मंसिर २२ गते, साेमबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडाैँमा सम्पन्न भएकाे छ । सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

१५. अरुण काबेली पावर कम्पनी लिमिटेड :

अरुण काबेली पावर कम्पनी लिमिटेडकाे १०औं वार्षिक साधारण सभा मंसिर २२ गते, साेमबार कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।