Like us!
Follow us!

२०% लाभांश पारित गर्न चिलिमे हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

२०% लाभांश पारित गर्न चिलिमे हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा पुस १२ गते आइतबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fc8757735d44.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।