Like us!
Follow us!

मंगलबार यी कम्पनीका लगानीकर्ताले गुमाए !

मंगलबार यी कम्पनीका लगानीकर्ताले गुमाए !

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० मा पुगेकाे छ । नेप्से ०.१७ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ । कूल १९७ वटा कम्पनीकाे एक कराेड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको कारोबार भएकाे छ ।

मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

बढेकाे बजारमा एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक शेयर, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, बाेटलर्स नेपाल (तराइ) लिमिटेड, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, कुमारी बैंक लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले आफ्नो आम्दानी गुमाएका हुन् ।

5fc60d8e612e3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।