Like us!
Follow us!

साल्ट ट्रेडिङको शेयरमूल्य समायाेजन

साल्ट ट्रेडिङको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे २५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६ हजार रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको मंसिर ८ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ३० गते कम्पनीकाे ५३ अाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

5fc454259c7fd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।