Like us!
Follow us!

रिडी हाइड्रोपावरको शेयरमूल्य समायाेजन

रिडी हाइड्रोपावरको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीकाे शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांशलाई कम्पनीकाे मंसिर २६ गते जुमबाट हुने १९औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

5fc451a0cf5dc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।