Like us!
Follow us!

रिडी हाइड्रोपावरको ५% बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम मौका

रिडी हाइड्रोपावरको ५% बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे बाेनस शेयर सुरक्षित गर्ने आज (मंसिर १४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर १५ गते, साेमबार) बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज (मंसिर १४ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीकाे शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांशलाई कम्पनीकाे मंसिर २६ गते जुमबाट हुने १९औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।