लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई आज (मंसिर १२ गते, शुक्रबार) बाट खुल्ला भएकाे छ ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ । जसमध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
कहिलेसम्म दिने आवेदन ?
यस खुलामुखी योजनामा छिटोमा मंसिर १६ गते र ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कति दिने आवेदन ?
यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।