Like us!
Follow us!

रिडी हाइड्रोपावरले ५% बोनस शेयर वितरण गर्ने

रिडी हाइड्रोपावरले ५% बोनस शेयर वितरण गर्ने

लगानी खबर, काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर वितरण गर्ने भएकाे छ ।

कम्पनीकाे हिजाे (मंसिर ४ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीकाे शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांशलाई कम्पनीकाे मंसिर २६ गते जुमबाट हुने १९औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १५ गते, साेमबार बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fb757ec9d04b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।