Like us!
Follow us!

अब हङकङबाट पनि इसेवामार्फत सहजै रेमिट्यान्स् पठाउन सकिने !

अब हङकङबाट पनि इसेवामार्फत सहजै रेमिट्यान्स् पठाउन सकिने !

लगानी खबर, काठमाडौँ - इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी के एम् ई रेमिटेन्स (KME Remittance) बीच रेमिट्यान्स् सेवा सुरू भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र केएमई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका हन् । 

यो सेवा सुरू भएपछि हङकङमा रहेका  नेपालीहरूले केएम्ई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । नगदमा पठाइएको रकम नेपाल भर रहेका ८ हजार भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त सकिनेछ ।

त्यसैगरी, बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएम्ई रेमिट्यान्सले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरू गर्नेछ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।