Like us!
Follow us!

फुडमाण्डु ११औँ वर्षमा प्रवेश : नेपालका १० स्टार्टअप कम्पनीसँग १० दिनसम्म सहकार्य गर्ने !

फुडमाण्डु ११औँ वर्षमा प्रवेश : नेपालका १० स्टार्टअप कम्पनीसँग १० दिनसम्म सहकार्य गर्ने !

लगानी खबर, काठमाडौँ - सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको फुडमाण्डु ११ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो १० औं वार्षिकोत्सवमा फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिनसम्म सहकार्य गर्ने भएको छ ।

फुडमाण्डुले सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीहरुसँग सहकार्यमा गर्न थालेकाे हाे । जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सप्राइज दिने योजना रहेकाे कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराएका छन् । 

त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफ्नो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ । यस प्रकारको कार्यले नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृद्धि हुने पनि आशा लिएको कम्पनीका संस्थापक मनोहर अधिकारीले बताएका छन् ।

कम्पनीले यस अवसर पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरर्गत २५ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ । साथै, एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु.५०० सम्म क्यास ब्याक दिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।