Like us!
Follow us!

सुनको उकालाे यात्रामा निरन्तरता, तोलाको कति पुग्यो ?

सुनको उकालाे यात्रामा निरन्तरता, तोलाको कति पुग्यो ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा साताकाे पहिलाे दिन आज (आइतबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

आइतबार सुनकाे मूल्य  ताेलामा ५ सय रूपैयाँले बढेर  प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रूपैयाँले नै बढेर  प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलाकाे २० रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ७५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।