Like us!
Follow us!

आजबाट खुल्दै शेयर बजार !!

आजबाट खुल्दै शेयर बजार !!

लगानी खबर, काठमाडौँ - नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा गत बिहीबार अर्थात कार्तिक ६ गतेबाट बन्द भएकाे शेयर बजार आज (कार्तिक १२ गते, बुधबार) बाट पुन खुल्दैछ ।

दशैँअघिकाे अन्तिम काराेबार भएकाे दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.५४ अंकले बढेर एक हजार ६०६.२५ मा पुगेकाे थियाे ।यस्तै सेन्सेटिभ परिसूचक १.९१ अंकले बढेर ३१८.५६ मा पुगेको थियाे । कूल १८७ वटा कम्पनीकाे ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँको कारोबार भएकाे थियाे ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।