Like us!
Follow us!

नेप्सेले किन माग्यो गुराँस लाइफसँग ३ दिने स्पष्टिकरण ?

नेप्सेले किन माग्यो गुराँस लाइफसँग ३ दिने स्पष्टिकरण ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ । नेप्सेले कम्पनीले पटक पटक सूचना तथा जानकारी परिवर्तन गरेकाे बताउँदै के कारणले परिवर्तन गरिएकाे हाे जवाफ सहित ३ कार्य दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे हाे ।

कम्पनीकाे सुरूमा २०७६ साल कार्तिक १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १३.१०१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकोमा फेरि २०७७ साल कार्तिक ३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले पुन ५.२५ प्रतिशत बाेनस शेयर वितरण गर्ने भनी दशाैँ वार्षिक साधारण सभाकाे लागि बुक क्लाेज गर्न लागेकाे जानकारी प्राप्त भएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f91132dc73e9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।