Like us!
Follow us!

नबिल बैंकको शेयर बिक्रीमा !

नबिल बैंकको शेयर बिक्रीमा !

लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले संस्थापक समूहकाे शेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक शेयरधनीहरू मध्येका लिला बहादुर रसाईलीले आफ्नाे स्वामित्वमा रहेकाे २६ कित्ता शेयर बिक्री गर्न निवेदन दिएकाले उक्त शेयर बिक्री गर्न लागेकाे हाे । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे शेयर रजिष्ट्रार, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, नारायणचौरमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f87e9a2d49cc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।