Like us!
Follow us!

नबिल बैंकका ग्राहकलाई अत्यन्त जरुरी आग्रह !

नबिल बैंकका ग्राहकलाई अत्यन्त जरुरी आग्रह !

लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई कार्तिक मसान्तभित्र ग्राहक पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले खाता खोलेपश्चात ग्राहक पहिचान विवरण परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई ग्राहक पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको हाे । समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम भरेर बुझाउन अनुराेध गरेकाे छ ।

त्यसैगरी, बैंकले कार्तिक मसान्तभित्र ग्राहक पहिचान विवरण अद्यावधिक नगरेमा खाता सञ्चालनमा  रोक्का लगाइने समेत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f85463c64fa6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।