Like us!
Follow us!

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद : सानिमा जनरल इन्स्योरेन्स

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद : सानिमा जनरल इन्स्योरेन्स

लगानी खबर, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सूचना प्रकाशन गर्दै आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद दिएकाे छ । कम्पनीले काेराेना भाइरसकाे कारण अर्थतन्त्रमा प्रतिकूल प्रभावका बाबजुद कम्पनीलाई विश्वास गरि साधारण शेयर भर्ने सम्पूर्ण लगानीकर्तालाई धन्यवाद प्रकट गरेकाे हाे ।

कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता , जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन परेकाे छ । याे माग भन्दा ६.९९ गुणा धेरै हो । 

यसका साथै, कम्पनीले बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड लगायतका अन्य निकाय तथा शुभ चिन्तकहरुलाई पनि धन्यवाद दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8530b1a48fe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।