Like us!
Follow us!

नेको इन्स्योरेन्सको शेयर आजबाट खुल्यो, कहाँबाट दिने आवेदन ?

नेको इन्स्योरेन्सको शेयर आजबाट खुल्यो, कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौँ - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गर्न लागेकाे शेयरहरू आज (मंगलबार) बाट खुल्ला भएकाे छ । कम्पनीले संस्थापक समूहकाे १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्न लागेकाे हाे । 

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज (आश्विन २० गते, मंगलबार) बाट कार्तिक ४ गते, मंगलबारसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त शेयरकाे न्युनतम मूल्य प्रतिशेयर ३ सय ९५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।

त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । कम्पनीकाे  बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f72979ae00e9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।