Like us!
Follow us!

इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’

इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’

लगानी खबर, काठमाडौँ - इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज जित्न सकिन्छ ।

इसेवा मनि ट्रान्सफरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुनेछ । 
रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ ।

हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरूले काम गरिरहने कम्पनीको भनाई छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।