लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) असोज ११ गते आइतबारबाट निष्कासन गरेको साधारण शेयर (आइपिओ) भाेलि (असाेज २० गते, मंगलबार) बाँडफाँड हुने भएकाे छ ।
हिजाे आइताबार साँझ 'प्रि अलोटमेन्ट' सम्पन्न भएकाले मंगलबार बिहान १०:३० बजे क्यापिटलको हलमा बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
कम्पनीकाे आइपीओमा आवेदनले रेकर्ड ब्रेक गरेकाे छ । अन्तिम दिनसम्ममा ८ लाख १३ हजार ७ सय २५ जना आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको छ । शेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् । बाँकी आवेदककाे भने हात खाली हुनेछ ।
कम्पनीले असोज ११ गते आइतबारबाट असाेज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।