लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरू धितो राखी बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएकाे छ । ५० लाख रूपैयाँ अथवा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५% को आकर्षक ब्याजदरमा उपलब्ध छ ।
आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरूबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिनेछ ।
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । बैंकका देशभरी ११९ शाखाहरू र १८५ एटिएम काउण्टरहरू रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।