Like us!
Follow us!

जय माता भगवती बचतले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

जय माता भगवती बचतले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - जय माता भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे असाेज ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असाेज २३ गते शुक्रबार र असाेज २४ गते शनिबार, डल्लु आवासीय माध्यमिक विध्यालय, डल्लु, काठमाडाैँमा दिनकाे ३ बजेबाट सुरू हुनेछ । सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा गर्न लागिएकाे हाे ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6dc32d1cd45.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।