लगानी खबर, काठमाडौँ - केयर रेटिङस नेपाल लिमिटेडले चाैथाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे भाद्र ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक ३ गते साेमबार, केयर रेटिङस नेपाल लिमिटेड, दाेश्राे तल्ला, स्टार मल, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश (कर सहित) स्वीकृत गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।