Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई व्याजमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई व्याजमा विशेष छुट

लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले COVID-19 महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहकहरूका लागि बुझाउन बाँकी आश्विन मसान्तसम्मको व्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । 

बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र व्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेकाेमा भुक्तानी गरिएको व्याज रकममा १२ प्रतिशत सहुलियत स्वरूप छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी गराएकाे छ । यसरी ग्राहकहरूलाई व्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको बैंकको आधार दर (Base Rate) भन्दा कम नहुने गरी छुट दिईने पनि बैंकले जनाएकाे छ ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने पनि बैंकले जानकारी दिएकाे छ ।

त्यसैगरी, बैंकले व्याज रकममा प्रदान गर्ने यस छुटले ऋणी ग्राहकहरूलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा बैंक विश्वस्त रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।