Like us!
Follow us!

किन भर्न मिल्दैन मेरो शेयरको एपबाट जनरल इन्स्योरेन्सको आइपिओ ?

किन भर्न मिल्दैन मेरो शेयरको एपबाट जनरल इन्स्योरेन्सको आइपिओ ?

लगानी खबर, काठमाडौँ - सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले शेयर कारोबारहरू गर्नका लागि थप सहज बनाउने उद्देश्यले भाद्र ३१ गते बुधबारबाट 'मेरो शेयर' एप सञ्चालनमा ल्याएको हामी सबैलाई यथावतै छ । 

मेरो शेयर एप सञ्चालनमा आइसकेकाे भएतापनि आइतबारबाट निष्कासन हुन लागेकाे जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएकाे छ । सिडिएससीले मेराे शेयर एप गत साता नै सार्वजनिक गरेकाे भएपनि उक्त एप पूर्ण रूपमा भने सञ्चालन भइसकेकाे छैन । सिडिएससीले दिएकाे जानकारी अनुसार हाल  मेराे शेयर एप बेटा भर्जन मै छ । याे एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर (आइपिओ) भर्न मिल्दछ । यसका साथसाथै हाल मेराे शेयर एपमा आस्वा सुविधा पनि छैन ।

यीनै कारणहरूले गर्दा हाल लगानीकर्ताहरूले वेभसाइटबाटै  साधारण शेयर (आइपिओ) भर्नुपर्ने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।