लगानी खबर, काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे साधारण सभा गर्ने भनिएकाे स्थान परिवर्तन भएकाे छ ।
यसअघि स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा गर्ने भनिएकाेमा उक्त स्थानमा हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण हल उपलब्ध गराउन नसक्ने भएकाले अब हाेटल सेन्ट्रल पार्क, साैराहा, चितवनमा हुने भएकाे हाे ।
बैंककाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे १८औं वार्षिक साधारण सभा आश्विन १६ गते शुक्रबार गर्ने निर्णय गरेकाे छ ।
सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
यसैगरी, सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँकाे एक बराबर एककाे (१:१) अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउन लागेकाे हाे ।
त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंककाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।