Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकसँग बिलिन हुन सिटी एक्सप्रेस फाइनान्सले डाक्याे विशेष साधारण सभा

नेपाल इन्भेष्टमेन्ट बैंकसँग बिलिन हुन सिटी एक्सप्रेस फाइनान्सले डाक्याे विशेष साधारण सभा

लगानी खबर, काठमाडौँ - सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

फाइनान्सकाे हिजाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज २८ गते बुधबार, कम्पनीकाे केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । त्यसैले, पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

फाइनान्स​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6c5e601fe6c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।