Like us!
Follow us!

गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, शेयरधनीहरूको हात खाली !

गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, शेयरधनीहरूको हात खाली !

लगानी खबर, काठमाडौँ - गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

फाइनान्सकाे हिजाे आश्विन ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २५ औँ वार्षिक साधारण सभा कार्तिक ५ गते बुधबार हाेटल क्राउन ईम्पेरियल, साेल्टीमाेड, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, फाइनान्सले लाभांश भने वितरण नगर्ने भएको छ ।  फाइनान्सले नेप्सेमा एक सूचना प्रकाशन गर्दै लाभांश प्रस्ताव नगरिएकाे जानकारी दिएकाे हाे ।

त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयाेजनका लागि असाेज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, असाेज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6c48f889e46.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।