Like us!
Follow us!

ग्लोबल आइएमई समुन्नत योजना– १ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !!

ग्लोबल आइएमई समुन्नत योजना– १ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !!

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई समुन्नत योजना – १ काे नगद लाभांश सुरक्षित गर्ने आज (असाेज ८ गते, बिहीबार) अन्तिम मौका रहेकाे छ । 

योजनाले नगद लाभांश वितरण गर्नको लागि भाेलि असाेज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (असाेज ८ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ कराेड रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।