Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज २८ गते बुधबार बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ असाेज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6bff4350b13.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।