Like us!
Follow us!

सिद्धार्थ बैंकको ऋणपत्र बजारमा आउँदै, व्याजदर कति ?

सिद्धार्थ बैंकको ऋणपत्र बजारमा आउँदै, व्याजदर कति ?

लगानी खबर, काठमाडौँ -  सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैले, सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन्।

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असोज १ गते बिहीबार अनुमति दिएकाे थियाे । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

5f6bf873e194c.jpg

कहिलेसम्म दिने आवेदन ?

असोज १६ गते शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटाेमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

5f6bf87b39b43.jpg

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनएमबि क्यपिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ कति ?

बैंकले निष्कासन गर्न लागेकाे ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ ।

ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

 

5f6bf8d21860b.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।