Like us!
Follow us!

९.३७ अंकले बढेको बजारमा शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार !

९.३७ अंकले बढेको बजारमा शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार !

लगानी खबर, काठमाडौँ - हिजाे (मंगलबार) दाेहाेराे अंकले घटेकाे  शेयर बजारले आज (बुधबार) भने उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.३७ अंकले बढेर एक हजार ५५५.५२ मा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ अंकले बढेर ३०८.३४ मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे ५८ लाख ६२ हजार ६ सय १७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा शिखर इन्स्योरेन्सको कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको १० कराेड ८५ लाख ९८ हजार ४५ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

5f6b152732109.jpg 5f6b153457a3e.jpg 5f6b153f25a9b.jpg 5f6b15475a68e.jpg 5f6b154f4b4c9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।