Like us!
Follow us!

भदौ २५ गतेको शेयर कारोबारको राफसाफ शुक्रबार हुने  !

भदौ २५ गतेको शेयर कारोबारको राफसाफ शुक्रबार हुने  !

लगानी खबर, काठमाडौँ - भाद्र २५ गते, बिहीबारकाे शेयर कारोबारको राफसाफ असाेज ९ गते बिहीबार शुक्रबार हुने भएकाे छ । नेप्सेको प्राविधिक समस्याबाट प्रभावित भदौ २५ गते २ बजेर १५ मिनेट भन्दा अघिको कारोबारको राफसाफ हुने भएकाे हाे ।

भदौ २५ गते नेप्सेमा २ अर्ब २० करोड ९६ लाख ४४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त दिन १ करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार रद्ध भएको र बाँकी रकमको राफसाफ शुक्रबार हुने जानकारी दिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भाद्र २५ गते, बिहीबार नेप्सेकाे कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएकाे थियाे । साेही निर्देशन अनुरूप सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले शेयर कारोबारको राफसाफ स्थगित गरेको थियाे ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।