Like us!
Follow us!

बढ्यो एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पत्ति मूल्य (विवरणसहित)

बढ्यो एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पत्ति मूल्य (विवरणसहित)

लगानी खबर, काठमाडौं – एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित  एनएमबि हाईब्रिड फण्ड एल–१ ले २०७७ साल भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भाद्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रुपैयाँ १० पैसा पुर्याएकाे छ । असार मसान्त सम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ५० पैसा रहेकाे थियो ।

त्यसैगरी, भाद्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५३ करोड ५३ लाख १८ हजार रुपैयाँ लगानी गरेको छ । उक्त लगानी श्रावण मसान्तको भन्दा १०.३७ प्रतिशतले धेरै हो । श्रावण मसान्तसम्ममा फण्डको सूचीकृत कम्पनीको शेयरमा ४८ करोड ४९ लाख ९४ हजार रुपैयाँ लगानी रहेको थियो ।

फण्डले सार्वजनिक गरेकाे श्रावण मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

5f6b05a475a57.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।