Like us!
Follow us!

६ कम्पनीको साधारणसभा हुँदै, कुनले कति लाभांश दिँदै ?

६ कम्पनीको साधारणसभा हुँदै, कुनले कति लाभांश दिँदै ?

लगानी खबर, काठमाडौं – विभिन्न ६ वटा कम्पनीले असाेजमा आफ्नाे वार्षिक साधारण सभा आह्वान गरेका छन् । नेपाल फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बैंक लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नाे वार्षिक तथा विशेष साधारण सभा डाकेका हुन् ।  

१. नेपाल फाइनान्स लिमिटेड :

 नेपाल फाइनान्स लिमिटेडले बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा एकैचाेटी बाेलाएकाे छ । फाइनान्सकाे भाद्र २८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १० गते शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा फाइनान्सले निष्कासन गर्न लागेकाे हकप्रद शेयरकाे प्रस्ताव पारित गरिनेछ । फाइनान्सले १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेकाे । १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फाइनान्सले २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । फाइनान्सले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एकदिनका लागि फाइनान्सकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ साउन २५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड :

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आश्विन १६ गते शुक्रबारका लागि बाेलाएकाे छ । बैंककाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँकाे एक बराबर एककाे (१:१) अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पुँजी  १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउन लागेकाे हाे । त्यसैगरी,  बैंकले साधारण सभा प्रयाेजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंककाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

३. एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड :

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज १८ गते आइतबारका लागि विशेष साधारण सभा आह्वान गरेको छ । संस्थाकाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटल दिनेश, धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा पुनः सर्वसाधारण शेयर अर्थात् एफपिओ निष्कासन गर्ने सम्बन्धमा छलफल गरिनेछ । संस्थाले विशेष साधारण सभा गर्ने प्रयोजनका लागि असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

४.  नेपाल बैंक लिमिटेड :

 नेपाल बैंक लिमिटेडले असोज १९ गते साेमबारका लागि विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजेदेखि जुमको माध्यमबाट सञ्चालन हुनेछ । विशेष साधारण सभामा बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने प्रस्ताव पारित गर्नेछ । बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असाेज ८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ असाेज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

५. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड :

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज २८ गते बुधबारका लागि पाँचाै वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा असाेज २८ गते बुधबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन-१, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असार ११ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा गर्ने प्रयाेजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

६. प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असाेज २९ गते, बिहीबारका लागि तेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा काठमाडौँ म्यारियट हाेटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।